इटहरीः रुकुम पश्चिममा नवराज विक सहित अन्य ६ जनाको हत्या काण्डमा संलग्नलाई हदै सम्मको कार्वाहीको माग गर्दै इटहरी शान्तीपुर्ण प्रर्दशन भएको छ ।
इटहरीका विभन्नि दलित तथा गैर दलित सामाजिक संघसंस्था, राजनितिकर्मी लगायतको उपस्थिति भएको थियो । प्रर्दशन इटहरी गोलो चोक फेरी लगाउँदै इटहरी उपमहानगरपालिकाको गेट छे्उमा गएर कोण सभामा परिणत भएको थियो ।
प्रर्दशनमा दर्जन बढि सामाजिक संघसंस्थाको प्रतिनिधित्व थियो भने सयौँ सहभागिता रहेको थियो । कोण सभामा सम्बोधन गर्दै दलित अधिकारकर्मी तथा संबिधान सभा सदस्य अनिता परियारले कानुत जातीय भेदभाव छुवाछुत अपराध हो भनि बनाइयो तर व्यवहारमा आभास नभएको बताइन् । उनले दलित विभिन्न आन्दोलनमा त्याग गरेको तर दलितलाई अझै मुक्ति नभएको भन्दै रुकुम घट्ना दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेकी छन ।
उक्त सभामा बोल्दै बिभिन्न पार्टिका पदाधिकारीले यो घटना मानव सभ्यताका लागि लज्जाको विषय भएकाले कुने पनि हालतमा पिडित न्याय पाउनु पर्ने, पिडकलाई हदै सम्मको कार्रबाहिको माग गरे । अधिकारकर्मी शानित गजमेरले भोलिबाट देशभरी नै एकै समयमा आन्दोलन जारी राख्ने बताइन् । उनले भोलि देशभरीका जिल्ला प्रशासन कार्यालय अगाडी केही बेर मौन धर्ना दिने र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिइएकी छन् । सो कोणसभाका प्राध्यापक डाक्टर बद्रीबिशाल पोख्रेल, नेकपा इटहरी नगरका प्रमुख बहादुरसिंह(ज्वाला) तामागं लगायतले सम्बोधन गरि २१ शताब्दीमा पनि जातिय छुवाछुत हुनु र जातिकै कारण कसैले ज्यान गुमाउनु पर्ने घटनाले हाम्रो समाजको वास्तविकता कहाँ छ भन्ने उजागर पारेको बताए । उनिहरुले नवराज विक सहित अन्यको हत्यामा संलग्नहरुलाई कानून अनुसार सजाय दिनु पर्नेमा जोड दिए ।
गत १० गते जाजरकोटको भेरी नगरपालिकाका युवा नवराज विक आफ्ना साथीहरुसहित प्रेमिका लिन रुकुम पश्चिम चौरजहारी जादा गाउँलेले खेदाएर कुटपिट गर्दै हत्या गरेको र भेरी नदीमा फालेको बताइएको छ । ज्यान बचाउन भेरीमा पनि केही युवाहरु हाम्फाल्दा ज्यान गुमाएका थिए । अहिलेसम्म ४ जनाको शव फेला परेको छ भने अन्य दुई जना अझैपनि बेपत्ता रहेका छन्। कथित माथिल्लो जातकी प्रेमिका भएकोले नवराजको हत्या भएको आरोप छ । यो घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय ५ सदस्यीय समिति गठन गरिसकेको छ भने डेढ दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।