बराहक्षेत्रः गत जेठ १२ गते बराहक्षेत्र ३ हर्दिया निवासी निराजन बस्नेतको परालको माचमा आगलागी भयो। बर्षभरी साचेर राखेको ६०हजार मुल्य बराबरको पराल डेढ बिगाहा जमिनबाट माच बनाई राखेका थिए । उनले परालको माच नै सकिने गरि आगलागी हुदा चौपायालाई खुवाउन बाहिरबाट किनेर ल्याए। उनले बर्षरभी आफ्ना चौपायालाई खुवाउनका लागि माच बनाएर राखेको परालमा आगलागी हुनु एक उदाहरण मात्र हो ।
२०७५ माघ महिना देखि हाल सम्म सो क्षेत्रमा १० वटा भन्दा वढी परालको माचमा रातिको समयमा अज्ञात समूहद्वारा आगो लगाउँदै आएको छ । किन र कसले यसरी गाँउभरीका परालको माचमा आगो लागउँछ कसैले पत्ता लगाउन अहिलेसम्म सकेका छैनन् । यस्तो कार्यबाट गाँउ किसानहरु हैरान भएका छन् । उनिहरुले घटना बारे पटक पटक प्रहरी प्रशासनलाई जानकारी गराएपनि केही हुन सकेको छैन् ।
पशु पालक कृषकहरूले गाई भैसी लाई बर्षभरी खुवाउन किनेर माच बनाइ राखेको पराल १५ दिन डेढ महिनाको अन्तर गरेर अज्ञात समूहले आगजनी गरीदिदा स्थानियवासी मारमा परेको पीडित बस्नेतले बताए ।
सो क्षेत्रमा उनी लगाएत कल्पना राउत, टेक बहादुर थापा ,दिल वहादुर कार्की, राजन कार्की, केसब कार्की, किरण कार्की सहित अन्य ३ घरको परालको माच जलेर पुर्णरुपमा क्षती भएको छ । पटकपटक एउटै घटना दोहोरिदा पनि संलग्नको पहिचान नहुदा स्थानीय चिन्तित र त्रसिद बनेका छन् ।
अज्ञात समूहले पिडित कल्पना राउतको दुई पटक आगो लगाइदिएका छन् भने कतीपयको घर ल्याउन ठिक्क पारेको परालमा समेत खेतमै पनि आगो लगाइदिएको स्थानिय काजी राउत बताउछन ।
सो क्षेत्रमा केही महिना अगाडि आगलागी भएको स्थानमा टोपी, ग्याटिस भेटाएर प्रहरी लाई बुझाएपनि कुनै अपराधी पत्ता नलागेको पिडितहरूले बताए । त्यहा रात्रीकालिन समयमा प्रहरीको गस्ति प्रभाबकारी नहुदा बिभिन्न घटना दोहोरी रहेको पिडित बिदुर बस्नेतले गुनासो गरे ।

100103970_1880700895398767_3015693814959439872_n
घटना सुरू भएदेखि रात भर डिउटि गर्दा पनि झुक्काएर पुरै पराल सकिने गरि माच भित्र पसेर मुनिबाट आगो लगाइ दिने गरेको पिडितहरुको भनाई छ। उनीहरुले प्रहरी प्रसासन स्थानिय जनप्रतिनिधि लाई समेत घटनाको जानकारि गराएका छन । स्थानीय किसानको मौखिक उजुरीका आधारमा परालको माचमा आगो लगाउँदै हिड्ने समूहलाई खोजी गरेपनि हालसम्म पत्ता नलाग्दा प्रहरी समेत हैरान भएको स्थानीयले बताएका छन् ।

100914314_883395175457737_8715862582147153920_n