इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा स्थित एकता मार्गमा युवाहरु एक समूहको छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । इटहरी २० निवासी ३० बर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
ग्याङ फाइटमा उनीमाथि स्थानीय प्रज्वल तामाङ,अबिषेक केसी र अबिषेक पौडेल समुहले अन्धाधुन्द छुरा प्रहार गरेका थिए । गम्भिर घाईते राईको तरहरा स्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिएपनि उपचार संभवन नभएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनलेको वीपीको एमरजेन्सी कक्षमा उपचारका क्रममा राती नै मृत्यु भएको तरहरा प्रहरी चौंकीका प्रमुख चन्द्र शाक्यले बताए ।
राईलाई छुरा प्रहार गरि हत्या गर्ने युवाहरु फरार रहेकाले उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इटहरी प्रहरीका अनुसार मृतक राई सहित एक समूह स्थानीय एक घर छेउको होटलमा बसेर मदिरा खाजा खाएका थिए । त्यही क्रममा विवाद भएको थियो । विवादकै बीच प्रज्जवल तामागं सहितको ३ जनाको समूहले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  मृतक राई युके बस्दै आएका थिए । उनि  युके जाने तयारीमा थिए । लकडाउनका कारण उनि युके जानबाट रोकिएको स्थानीयले बताएका छन् ।