इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा गए राती छुरा प्रहार गरि एक जनाको हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटि गएको प्रहरीको एक टोलीले केही बेरअघि घटनास्थलको चारै तिर सिल गरि मुचुल्का उठाएको छ । प्रहरीले घटनाबारे स्थानीयहरुसंग सोधपुच्छ पनि गरेको छ । अहिले प्रहरीले घटना के कसरी भयो , कस कसको संलग्नता छ भन्ने बिषयमा तरहरामा राखिएको सीसीटिभी फुटेज हेर्ने काम गरिरहेको छ । गए राती सामान्य बिषयमा विवाद हुँदा छुरा प्रहारबाट स्थानीय ३० बर्षीय रादन राईको मृत्यु भएको थियो । उनलाई छुरा प्रहार गर्ने उनकै साथीहरु प्रज्वल तामागं, अभिषेक पौडेल र अभिषेक केसी फरार रहेका छन् । उनिहरुको रातीबाटै खोजी कार्य तिब्र पारिएपनि हालसम्म पक्राउ पर्न नसकेको इटहरी प्रहरीले जनाएको छ । गएराती करिब ९ बजे राईमाथि अन्धाधुन्ध छुरा प्रहार भएको थियो । उनको पेटमा ३ स्थानमा छुरा प्रहार भएको थियो । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ११ बजेको समयमा उनको मृत्यु भएको थियो ।

101254366_576737579915639_5728624832489193472_n
स्थानीयका अनुसार तरहरा पश्चिमतर्फ रहेका शिक्षक समेत रहेका दाजुलाई घर पुर्याएर फर्केपछि घटना भएको हो । मृतक राई लकडाउन अगाडी युकेबाट तरहरा स्थित घर आएका थिए । उनका बुबा बृटिस लाहुरे हुन् । मृतक राई घरका कान्छा छोरा हुन् । उनि युके फर्केने योजनामा रहेपछि लकडाउनका कारण उनि तरहरा नै रोकिएका थिए ।
फरार युवा यस्ता
राईलाई छुरा प्रहार गरि फरार भएका तीन युवाहरुको गतिविधि पहिलाबाटै ठिक नभएको स्थानीयले बताएका छन् । उनिहरु रफ टाईपमा युवाहरु हुन् । लागूपदार्थ दुव्र्यसनीमा समेत फसेका उनिहरुकै समूहले घटना स्थलको केही पश्चिम एकता मार्ग(एकता चौंक) को सानो खोल्सा जहाँ घारी छ, त्यहाँ नियमति रुपमा गाँजा लगायतका लागूपदार्थ सेवक गर्ने स्थान बनाएको स्थानीयले फेला पारेका छन् । उनिहरुले बाँसधारीका केही बाँसलाई काटेर माथिमाट बाँस नै लगाएर सानो बस्ने फलैचा बनाएको पाइएको छ । लागूपदार्थ सेवक गर्दा गर्दै कोही आए भाग्नका लागि उनिहरुले सो खोल्सामा वारीपारी हुनका लागि बाँसको सानो सिढी(पुल) बनाएको स्थानीयले फेला पारेका छन् । सो स्थान वरिपरि गाँजा, धतुरो र भाङ लगाएको पाइएको स्थानीयले बताए । घटनामा संलग्न भई फरार रहेका मध्ये केही यसअघि पनि केही घटनामा संलग्न भई तरहरा चौंकी पुगेको स्थानीयले बताएका छन् ।

101523259_10217785333487604_704456876577783808_n