घरका काम गर्नेलाई गर्भवती बनाएको आरोपमा धरान उपमहानगरका पूर्व अधिकृत पक्राउ, श्रीमति मृत फेला

  • जेठ १९, २०७७
  • ३०५६३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः धरान उपमहानगरपालिकाका पूर्व अधिकृतलाई आफ्नै घरमा काम गर्न राखिएकी एक युवतीलाई गर्भवती बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान वडा नम्बर २० बाट उपमहानगरका पूर्र्वअधिकृत चक्रकुमार राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार स्थानीय महिला अधिकारकर्मीहरुसहितको जाहेरीका आधारमा परेपछि आइतबार साँझ प्रहरीले राईलाई उनको घरबाट पक्राउ गरिएको हो । लामो समय उपमहानगरमा जागिर खाएका उनले उमेर हदको कारण अनिवार्य अवकाश पाएका थिए ।
उनले सामाजिक विकास अधिकृतको जिम्मेवारी सम्हालेका थिए । अवकाश लिने बेला वडा २० को वडा सचिव पनि भएको प्रहरीले जनाएको छ । स्थानीय सहकारीमा आवद्ध महिला र अधिकारकर्मीहरुले जाहेरी दिएपछि राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
अवकाश पछि राईले धरान २० माछामारामा घर बनाएर होम स्टेको अगुवाई पनि गरेका थिए । उनले २०७५ पुष महिनादेखि एक मुसहर थरकी युवतीलाई संरक्षण दिएर काम गर्न घरमा राखेका थिए । विष्णुपादुका मेला भर्न आएकी ती युवती घर फर्कन नसकेपछि उनले संरक्षण दिएर राखेको खुलेको डिएसपी न्यौपानेले बताए । उनको पेट बढ्दै गएपछि स्थानीय महिलाहरुले सोधी खोजी गर्दा ती युवतीले राईले गर्भवती बनाएको जानकारी दिएपछि प्रहरीमा उजेरी गरेको डिएसपी न्यौपानेले बताए ।
यसबैबीच घरमा काम गर्ने युवतीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका राईको श्रीमतिको गए राती मृत्यु भएको छ । राईको श्रीमति राती करिब ९ बजेतिर घरमा मृत अवस्थामा भेटिएको डिएसपी न्यौपानेले बताए । प्रहरी घरमा पुग्दा खाटबाट तल घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन् । उनको शव हाल मर्चरीमा राखिएको छ । उनी राईको कान्छी श्रीमति भएको डिएसपी न्यौपानेले बताए । उनको मृत्युका बिषयमा पनि प्रहरी अनुसन्धान थालिसकेको डिएसपी न्यौपानेले जनाए ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ मा आज १६६ जना संक्रमित थपिए

 इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ६६ जनामा कोरोनामा संक्रमण देखिएको छ । प्रदेश १ को ...

डा गोविन्द केसीको अनसनमा प्रहरीको हस्तक्षेप,बलपूर्वक पुर्याइयो ट्रमा सेन्टर

इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आफ्नो १९ औं सत्याग्रहका क्रममा गत भदौ २९ गतेदेखि जुम्लाको च ...

महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखलाई कोरोना,क्याम्पस सील-

 इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा बाबुराम तिमल्सिना ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved