इटहरीः  इटहरी २० तरहरामा ३० बर्षीय राजन राईको हत्यामा संलग्न रहेका ३ जनाले केही बेरमै इलाका प्रहरी कार्यालय इटहरी सामु आत्मसर्पण गर्दैछन् । उनिहरु गछिया पाईपुगेका छन् ।
केही बेरमै इलाका प्रहरी कार्यालय इटहरीमा आत्मसर्पण गर्ने प्रज्वलका बुबा सहि कुमार ताागंले बताए । गए रातीको घटनापछि उनिहरु भागेर जदाह स्थित तमागंको घर पुगेका थिए । उनको इटहरी २० मा पनि घर छ । जदाह पुगेको सूचानका आधारमा आफै गएर छोरा प्रज्वल तामागं, घटनामा संलग्न भनिएका उनीसंगै फरार भएका अभिषेक पौडेल र अभिषेक केसीलाई मोटरसाईकलमा लिएर आएको प्रज्वलका बुबा सहिले बताए । लुक्नुभन्दा स्वय्म प्रहरी कार्यालयमा उपस्थित भएर कानूनी कार्वाहीलाई सघाउ पुर्याउनु बुद्धिमानि ठानि आफैले उनिहरुलाई प्रहरीमा ल्याएर आत्मसर्पण गराउने बताए । घटनापछि प्रदेश नम्बर १ को प्रहरीको बिषेश अनुसन्धान टोली फरार भएकाहरु सुनसरी वरिपरि रहेको भन्दै खोजी कार्य तिब्र पारेको थियो । फरार भएकाहरुले मोबाइल नबोकेकाले उनिहरु कता छन् भन्ने पत्ता लगाउन प्रहरी निकै समस्या परिरहेको थियो ।