इटहरीः इटहरी २० तरहरामा ३० बर्षीय राजन राईको हत्यामा संलग्न रहेका ३ जनाले  प्रहरी  सामु आत्मसर्मपण गरेका छन् । उनिहरुले केही बेरअघि मात्रै आत्मसमर्पण गरेका हुन् । मोरगंको कानेपोखरी ५ जदाहबाट प्रज्वलका बुबा सहि कुमार तामागं सहितले मोटरसाईकलमा ल्याएका ३ जनाले मोरगंको बाँसबारीमा  प्रहरी  सामु आत्मसर्मपण गरेका हुन् । प्रज्वलसंगै अभिषेक पौडेल र अभिषेक केसीले पनि प्रहरी सामु आत्मसर्मपण गरेका छन् ।