धरानः दाह्री काट्ने ब्लेडले आफ्नै घाँटीमा रेटी धरान–१६ हिमालयन मार्गका एक युवाले आत्महत्या प्रयास गरेका छन् ।
घरमा परिवारका सदस्यहरुले खाना पस्किएर खान बोलाउँदा उनि भने म सुतेको भन्दै आफ्नो कोठातर्फ प्रवेश गरेको र सोही बेला ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । परिवारका सदस्यहरुले चालपाएर उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमरजेन्सी कक्षमा उपचार भईरहेको प्रतिष्ठानको सुरक्षाका लागि खटिएका प्रहरीले जानकारी दिएका छन् ।
उनको उपचारमा संलग्न डाक्टरहरुले अवस्था गम्भिर नै रहेको बताएको एमरजेन्सी कक्षका प्रहरीको भनाई छ । उनले के कति कारणले आत्महत्याको प्रयास गरेका हुन् ? भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।