धरान: धरान १५ स्थित स्वमिङ पुल पछाडी नरबहादुर श्रेष्ठको २ तले घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ ।
अपाङ्ग छोरीलाई निकाल्न जाँदा ८७ वर्षिय आमाको समेत जलेर ज्यान गएको हो । घटना स्थलमा रहेका छिमेकीका अनुसार सो घरमा बस्ने अपांग छोरीलाई निकाल्न जाँदा आमा छोरी दुवै आगलागीमा परेका हुन् । श्रेष्ठ भूतपूर्व प्रहरी समेत हुन् । घरमा श्रेष्ठकी वृद्ध आमा र एक अपांग बहिनी बस्दथे ।
टाड माथी रहेकी अपांङ्ग छोरीलाइ निकाल्न जाँदा आमाको समेत मृत्यु भएको इलाका प्रहरी कायार्लय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।आगलागी के कारणले भएको हो भन्ने अझै खुलेको छैन । उक्त घरमा भाडामा बस्नेका अनुसार खाना पकाउदै गर्दा आगलागी भएको हन सक्ने आशंका गरिएको छ । आगलागी भएपछि घरमा रहेको ग्यासको सिलिण्डर समेत पड्कीएपछि आगो नियन्त्रण हुन नसकेको हो । अहिले आगो नियन्त्रणमा लिनका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी खटिरहेका छन् ।