इटहरीः कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला निवासी ४५ बर्षीय पुरुष रहेका छन् । उनि ५ दिनअघि मात्र भारतबाट नेपालबाट आएका थिए । उनलाई स्वासप्रश्वासमा समस्या आएपछि दिनअघि मात्रै पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारकै क्रममा २० जेष्ठमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनको स्वाब संकलन गरिएको र परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको प्रवक्ता डाक्टर देवकोटाले बताए । उनका अनुसार ती पुरुषको मृत्युसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या नेपालमा १० जना पुगेका छन् । यसैबीच आज मात्रै ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका कुल संख्या २ हजार ६ सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।