भोजपुर: जिल्लाको षडानन्द नगरपालिका–८ तुङ्गेछामा आफ्नै काकाकी छोरी (बहिनी) लाई जर्बजस्ति करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
घरमा कोही नभएको समयमा जेष्ठ १४ गते साँझको मौका पारेर १३ बर्षकी बालिकालाई करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घरमा बहिनीसँग बसिरहेकी बालिकालाई युवकले फकाएर घर वाहिर पठाएर करणी गरेको खुलेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।