बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नं १ गाइघाट स्थित लोहन्द्रा खोलाको डिल छेउको घारीमा वेवारिसे अवस्थामा फेला पारिएको मानव कंकाल केराबारी ८ का १५ बर्षीय सुरेन्द्र मगरको भएको खुलेको छ । प्रहरीले मानव कंकाल फेला पारेको स्थानमै बरामद गरेका सामाग्रीहरुबाट सो कंकाल मगरेको भएको खुलेको हो ।

मानव कंकाल भेट्टिएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मुचुल्का उठाएर उक्त मानव कंकाललाई पोष्टमार्टम गर्नको लागि घोपा क्याम्प धरान पठाइएको बेलबारी प्रहरीले जनाएको छ । प्रहरीको अनुसार मानव कंकालको छेउमा निलो रंगको घुडामा दुलो भएको जिन्सको ग्रन्च पेन्ट, कलरमा सेतो धर्का भएको भेष्ट भेटिएको छ ।
पोर्ष्टमाटम पश्चात पहिचान खुले पछि मगरको शवलाई परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । मगर घरबाट एका एक यहि जेष्ठ ७ गते देखि हराईरहेका थिए । उनको कसैले हत्या गरि फ्याकेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।