इटहरी: कोरोनाको महामारी सगै क्वारेन्टाइन बनाउने स्थलका बिषयलाई लिएर धनकुटाको पाख्रिबाँस नगरपालिकामा प्रतिनिधी र क्वारेन्टाइन बनाउनका लागि तयार पारिएका भवनस्थलका स्थानीयबासी बीच बिवाद बढे पछी बैदेशिक रोजगारका लागि कतार गएका पाख्रिवासका एक युवाको सबैमा अपिल गरेका छन् ।
आखीर सबै यो के का लागि गर्दैछौं । मानव,मानव प्रति कति निर्दयी भएका छौँ हामी किन विवाद गर्दैछौं । समस्याको समाधान खोज्ने कि दोष दिएर हिलो छ्याप्ने ।कोरोनाले पुष्टि गरिदियो,समृद्धि पाना मात्रै हैन,व्यवहामा पनि लागू हुनु पर्यो साथै क्वारेन्टाइनका लागी बनाईएका कति पय ठाउँ आज असुरक्षित र मान्छे बस्न नसकेर कतिले ज्यानगुमाउनु पर्ने अवस्था आएको छ । यस्ता समाचार दिनौ जसो सुनीरहेका भोगीरहेका छौ तसर्थ पहिला मानब जीवन अनि मात्र अरू कुरा सोचौं। सबैलाई कलेज ,चिल्लाबाटा ,ठुल ठुला भवन ,हस्पिटल सबै वरिपरि चाहिने सबैलाई उपयुक्त ठाउमै चाहिने आखीर क्वारेन्टाइन बनाउने ठाँउ पनि विश्व स्वास्थ्य संगठन नेपाल सरकारको मापदण्ड बमोजिमनै बनाउनु पर्ने होला । मानव बस्तीलाई र संबेदनसिलतालाई बुझ्दै उचित स्थान खोज्नै पर्छ र समस्याको निकास दिनै पर्छ सबैले बुझौ ।
क्वारेन्टाइनमा बस्न आउने पनि तपाईं हाम्रै छोरा छोरी हुन् ताकी आज कर्मले डोराएर बिदेशीएका हुन ,प्रदेशमा अनेकौ चुनौतीको बीचबाट आफ्नो जन्म भुमीमा आएको एउटा फाङदुवा पुच्छारको र तल मुगा फेदीको आफ्नै भुगोलको मान्छेले समयको जटिलता सगै आफ्नो झोला बिसाउन पाउदैन्न आफ्नो नगरको सदरमुकाममा भने यो के मानबता हो रु विकास र समृद्धि हो रु साथै उसलाई पनि त आफ्नो परिवार समाजको उत्तिकै माया छ पक्कै पनि उ आफै पनि सजग र सचेत छ । महामारी सबै मिलेर पन्छाउने हो, दोष लगाएर पन्छिने काम नगरौ यस बिषयमा बिवाद हैन सबैले सहयोग गरौ र समाधान गरौं सबैमा हार्दिक अपिल गर्दछु