इटहरी :नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
बढुवा सूचीको पहिलो स्थानमा राष्ट्रिय प्ररही प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत गणेशराज जोशी रहेका छन् ।
त्यस्तै, गोविन्द लाल कर्ण, रुद्रराज कडेल, सुदन केसी, रोशन थापा, नरेन्द्र कुमार बोगटी, सन्तोष न्यौपाने, नविकन कुमार थापा क्षेत्री, जीवनकुमार बोगटी, राजेश शाक्य क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा बढुवा भएका छन् ।