संखुवासभा: विद्युत् प्राधिकरणको लापर्बाहिका कारण स्थानीय त्रसित बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा हरियो रुखमा बिजुली बत्तीको तार टाँगिएपछि स्थानीय त्रसित भएका हुन् । १० नं. वडाको बाघखोर स्थित सामुदायिक वन भित्रको हरियो सालको रुखमा विद्युत् प्राधिकरण खादँबारीले बिजुली बत्ती बिस्तारका लागि तार टांगेको छ ।
विद्युत प्राधिकरण खाँदबारी वितरण केन्दलाई पटक पटक तार हटाई दिन अनुरोध गर्दा पनि वेवास्ता गरेको वडा नं. १० का वडाध्यक्ष केशवराज सिंह थापाले बताए । यसरी टागिएको तारका कारण स्थानीयलाई खतरा रहेको उनको भनाई छ ।
एक बर्ष अगाडी देखि तार हरियो रुखमा रहेको छ, यसकारण स्थानीय वनउपभोक्ता समिति तथा स्थानीय कति बेला के हुने हो भन्दै त्रसित छन् । उक्त तारको वरिपरि रहेको खेतबारीमा काम गर्न समेत खतरा रहेको भन्दै प्राधिकारणलाई अनुरोध गर्दा समेत वेवास्ता गरेको स्थानीयले बताए । यता बिद्युत् प्राधिकरण खादँबारी साखाले भने गैर जिम्मेवार कुरा गर्दै .कार्यालयलाई यस विषयामा कुनै जानकारी नभएको बताएको छ ।