इटहरीः इटहरीको मुख्य चोकको कालोपत्रे कार्यको निर्माण सडक डिभिजन कार्यालय रानी विराटनगरले निमार्ण गरेको सो कार्यालयका इन्जिनियर उपेन्द्र दासले बताएका छन् ।
सो सडकको विषयमा बजारमा बिभिन्न टिकाटिप्पणी भएपछि सत्यतथ्य बुझ्नका लागि इटहरी उपमहागरपालिकी उपेयर लक्ष्मी गौतम सहितको टोलीले जानकारी लिने क्रममा इन्जिनियर दासले सडकको विषयमा प्रष्ट पार्दै भने ‘हामीलाई इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेल र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी भिम दाहालको आग्रह अथवा उहाँहरुले ब्यबस्थापन गर्दिनु भएको हो । उहाँहरु सगं रकम नलिई सडक डिभिजन कार्यालयको बजेट तथा कान्छाराम कन्ट्रन्सन कम्पनीको सहयोगमा निमार्ण गरेका हौं ।’
दिनमा हजारौं सवारी साधनको आवतजावत हुने सडक बिग्रिएकाले हामीले सामाजिक कार्य सम्झिएर सडक निर्माण गरेको इन्जिनियर दासले जानकारी दिए ।