धरानः धरान १४ स्थित दिदिको घरमा बस्दै आएका १४ बर्षीय बालक मनिराज राईको शब हिजो बिहान सेउती पुलमुनी भेटेपछि उनको हत्या भएको हो, या आत्महत्या हो भन्ने आधारहरु फेला नै पर्न नसकेको प्रहरीले जनाएको छ । त्यसकारण उनको के कति कारणले मृत्यु भएको हो ? भन्ने अवस्था तत्काललाई नभएको प्रहरीको भनाई छ । धरान–१४ र धरान–४ लाई जोड्ने सेउतीको झोलुङ्गे पुलमनि मृत भेटिएका १४ वर्षीय बालक मनिराज राईको घटनाको वस्तुस्थिति मुचुल्काका आधारमा इलाका प्रहरी कार्यालय धरानले विभिन्न कोणबाट हिजोबाटै अनुसन्धान शुरु गरेको छ ।
बुधबार बिहानै सेउतीको पुलमनि भेटिएका युवाको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईसकेको छ । पोष्टमार्टम रिर्पोटले पनि बालक राईको हत्या वा आत्महत्या हो ? केही कुरा खुल्ने प्रहरीको भनाई छ । घटना के कसरी हुन पुग्यो भन्ने विषयमा प्रहरीले हत्या वा अन्य कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मृतक बालकको टाउँकोको दाहिनेपट्टि चोट देखिएको छ भने रगतसमेत जमेको अवस्थामा भेटिएको छ । थप कुरा अनुसन्धान पुरा भएपछि मात्र भन्न सक्ने अवस्था रहेको उनले बताए।
ती बालकको घर धरान–४ नारेका भए पनि बुबा सहित करिब ४ वर्षदेखि धरान १४ स्थित दिदिको घरमा बस्दै आएको प्रहरीले बताएको छ । डिएसपी बस्नेतका अनुसार मृतक मनिराजले हातमा मोबाइलको कभर समातिरहेको अवस्थामा उनको शब फेला पारिएको हो । बिहान सडकमा मर्निगंवाक हिँड्नेहरुले ती बालकको शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय धरानको टोली सो स्थान पुगेको थियो । टोलीले शव भएको स्थानको वस्तुस्थिति मुचुल्का तयार पारिसकेको छ ।
हत्या वा आफैले आफैलाई हत्या गराएको हो भन्ने बुझ्न सक्ने आधारहरू अहिलेसम्म फेला पर्न सकेको छैन । उनका आफन्त तथा नजिकबाट चिन्नेहरूलाई सोधपुछ गरिरहेको इप्रका धरानले जनाएको छ । आफन्तको भनाइ उदृत गर्दै इप्रका धरानका डिएसपी बस्नेतले ११ः३० बजेसम्म मोबाइलमा ‘गेम’ खेलिरहेको र बिहान त्यस्तो अवस्थामा भेटिएपछि आफन्त नै अचम्मित भएका छन् । घटनास्थलदेखि मृतक मनिराज बसेको दिदीको घर ५० मिटरको दूरीमा पर्ने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।