इटहरी :अब देखि मोटरसाइकलमा एक जना मात्र यात्रा गर्न पाइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र
अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।