सङ्खुवासभाः पटक पटक जवरजस्ती करणी गरि आफ्नै १५ बर्षीया भान्जीलाई गर्भवती बनाउने मामालाई प्रहरीले खाँदवारीबाट पक्राउ गरेको छ । खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाउने २६ बर्षीय मामालाई खाँदवारीबाटै बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती मामाले पटक पटक बालिकालाई जबर्जस्तीकरणी गर्दै आएका खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए । भान्जीका आफन्तले प्रहरीलाई उजुरी दिएको आधारमा मामालाई पक्राउ गरि आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
साल्पासिलिछो गाउँपालिका भोजपुर मामाघर गएको अवस्थामा ती युवाले पटक पटक जबरजस्ती करणी गरेको पीडितका आफन्तले दर्ता गराएको उजुरी उल्लेख गरेको प्रहरी निरिक्षक राईले बताए। खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताए। ती किशोरीको ५ महिनाको गर्भसमेत बसिसकेकाले उनको स्वास्थ्य परीक्षण गरि आफन्तको रेखदेखमा तत्कालका लागि राखिने प्रहरी निरिक्षक राईले जनाए।