इनरुवा :सुनसरी सदरमुकाम इनरुवामा लागेको आगो ५ घण्टा बित्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

इनरुवा नगरपालिकाको वडानं. १ मुख्य बजार क्षेत्रमा रहेको प्रितम अटलको हनुमान बस्त्रालयमा बिहान ५ बजे मर्निङवाक गर्ने सर्वसाधरणले धुवाँ देखेपछि आगलागी भएको थाहा भएको थियो । आगलागी स्थलमा धरानको २ वटा, दुहबीको १ वटा, इटहरीको १ वटा, सुन्दर हरैचाको १ वटा, बराहक्षेत्रको १ वटा दमकल गरी ६ वटा दमकल, सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानियबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि ५ घण्टा बित्दा सम्म अझै आगो नियन्त्रणमा आउन नसकेको घटनास्थलमा प्रत्यक्षदर्शीलृ बताए । आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । आगलागी अहिले सम्म पनि नियन्त्रण भन्दा बाहिर रहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
उनीहरुका अनुसार हनुमान बस्त्रालयसंगै जोडिएको सिर्जना फाईन्समा आगोले पुरै क्षति पुर्‍याएको छ भने सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुर्‍याएको छ । अगडी पट्टिको सटरमा एक्स्काभेटर भत्काई दिएर आगो नियन्त्रणको प्रयास भए पनि भित्रको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

inaruwa 3 inaruwa 2