इटहरी :इटहरी उपमहानगरले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन । आइतबार उपमहानगर परिसरमा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गरेका छन् ।

कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो । मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले वताइन्। उनले खुशी हुदै भन्न् ि“गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ,नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो । ” उनले १५ कठ्ठा जग्गामा तरकारी खेति लगाउदै आइरहेकी छिन्। इटहरी उपमहानगरको ८५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएको हो ।

इटहरी उपमहानगरले इटहरीलाई कृर्षीमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको छ । इटहरी पालिकाले हिजो मात्र दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले ७५ वटा कोरली गाई शतप्रतिशत अनुदानमा इटहरी वडा नम्बर १,२। र २० लाई वितरण गरेको छ ।