सोलुखुम्बु: सोलुखुम्बुमा खहरेखोलाले मिनी ट्रक बगाएको छ । शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो ।
पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नम्ब।को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो ।
ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रकधनीको खोजी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
विद्युतको पोल लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । सोलुदूधकुण्ड नगरपालिका–८ शिकारीडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।