इटहरी: सुनसरीको इटहरी २० तरहरामा युवाहरुको एक समूहले सरकार विरुद्ध प्रदर्शन गरेको छ । बर्तमान् सरकारले कोरोना भाइरसको बहानामा भ्रष्टाचार गरेको भन्दै युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले नेपाल भित्र रहेका कोरेनटिन स्थललाई व्यवस्थित बनाउनु पर्ने,विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखी प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीले हातमा पञ्जा, माक्स, सेनिचाइजर लगाएर करिब २ घण्टा प्रदेर्शन गरेका छन् । तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

 

tarahara 2 tarahara 4 tarahara 3