इटहरीःकोरोनाको महामारीमा सरकार उदासीन बनेको भन्दै केही दिनयतादेखि देशका विभिन्न स्थानहरुमा युवाहरुले स्वतःस्फुर्त प्रदर्शन गरिरहेका छन् । सरकारले क्वारेन्टाइनमा बसेकाको पीसीआर नगर्ने भनेपछि सुरु भएको यो आन्दोलनमा सामाजिक दूरीको बेवास्ता भए पनि शैली भने रचनात्मक देखिएको छ ।
आज पनि इटहरीको तरहरा,बराहक्षेत्र लगायतका स्थानमा युवा स्वतःस्फुर्त रूपमा सडकमा देखिएका छन् ।
प्रदर्शनमा उनीहरूले ‘नयाँ नक्साका लागि धन्यवाद नेपाल सरकार । तर १० अर्बको हिसाब खोइ ? नो आरडीटी १०० प्रतिशत पीसीआर, १० अर्ब खै? राष्ट्रको सान किसानलाई किन अपमान, सरकार चामल किन्ने कि गाडि?’ धिमधिमे सोलर बलेन, वराहक्षेत्रमा सरकार चलेन जस्ता प्लेकार्ड बोकेर युवा सडकमा उत्रिएका थिए ।

सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका एक युवाले बोकेको एउटा प्लेकार्डमा लेखिएको थियो, ‘कुसियत नयाँ गाडीमा, बिद्या मेडम नयाँ साडीमा, विचरा युवा खाडीमा’ यस प्लेकार्डमा भएको शब्दलाई धेरै सर्वसाधरणले चाख मानेर धेरै अवलोकन गर्दै आश्चर्य मानेका छन् । युवाहरुको आन्दोलन गर्ने क्रियटिभ आइडा र विरोधका नाराहरु यतिबेला देश विदेशमा चर्चाका बिषय बनेको छ । युवाहरुको क्रियटिभ आन्दोलनले अराज आन्दोलन गर्नेहरुलाई गतिलो पाठ भएको धेरैले यतिबेला भन्न थालेका छन् ।

tarahara 10 tarahara 9 tarahara 8 tarahara 7 barah new1 1