इटहरीः नाबालिका बलात्कार आरोप लागि प्रहरी हिरासतमा रहेका तत्कालिन संघीय समाजवादी पार्टीको युवा संगठनको १ नम्बर प्रदेश कमिटि अध्यक्ष श्रीप्रसाद सुब्बा सोमबार पुर्पक्षको लागि थुनामा गएका छन् ।
जिल्ला अदालत सुनसरीमा सोमबार भएको थुनछेक बहसमा उनलाई पुर्पक्षमा राखेर आवश्यक कार्वाही प्रकृया अगाडी बढाउन आदेश भएसंगै उनि कारागार चलान भएका हुन् ।
अदालतका २ नम्बर इजलाशका जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशले सुब्बालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । ‘जर्बजस्ती करणी मुद्दाका प्रतिवादीलाई २ नम्बर इजलाशका माननीय जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनि विरुद्ध एक ८ बर्षीय नाबालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि जेष्ठ ८ गते प्रहरीले उनलाई पक्राउ गरि हिरासतमा राखेको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार उनी उनीविरुद्ध जेठ ५ गते जाहेरी परेको थियो ।