बराहक्षेत्र: आफुहरुले बर्षौदेखि उपभोग र बसोबास गर्दै आएको क्षेत्रमा छिमेकी नगरपालिकाले घेराबारा गरेको कार्यप्रति बिरोध जनाएको भन्दै बराहक्षेत्र ९ बिजय टोलका अमन चन्द्रबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रबंशी बेलकाले मिच्न खोजेको जमिनको बचाउ गर्ने संघर्ष समितिका अध्यक्ष हुन।
बराहक्षेत्रबासीले बासस्थान र कृषिजन्य कार्यमा प्रयोग गर्दै आइरहेको जमिनलाई घेरावेरा गर्न थालेपछि आफ्नो क्षेत्र रहेको दाबि गर्दै वराहक्षेत्रका झन्डै ३० जना स्थानीयहरुले सो कदमको बिरोध गर्दा बेलकाको शनिबार रामपुर प्रहरीले चन्द्रबंशीलाई नियन्त्रणमा लिएको थियो।
यसै सन्दर्भमा इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक रामचन्द्र साहले बेलका नगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा लगाउदै गरेको घेरावेरा अवरोध गर्ने आउने एक जना अमन चन्द्रवशीले शनिवार नियन्त्रणमा लिएर आइतवार उपस्थित गराउने सर्तमा छाडेको बताए । उनी भन्छन, आइतवार अबरोधकर्ता र बेलका नगरपालिका बिच रामपुरमा छलफल गर्ने भनिएको थियो तर अबरोधकर्ताहरु उपस्थित नभएपछि सो छलफल हुन सकेन ।
तर आफ्नो भुभागलाई छिमेकी नगरपालिकाले मिच्न घेराबेरा गरेको भन्दै आफुहरुले त्यसको बिरोध गर्दा समेत बराहक्षेत्र नगरपालिकाले बेवास्ता गरेको स्थानीयले गुनासो गरिरहेका छन। आफ्नो वडाका स्थानीयले छिमेकी बेलका नगरपालिकाले नियन्त्रण लिएपछि बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ वडा अध्यक्षले भने वराहक्षेत्र संग समन्वय नगरी एक्कासी वराहक्षेत्रको जमिन घेरावेरा गर्ने बेलकाका मेयरको त्यो कदमको आफु नेतृत्व गरेरै भए पनि घेरावेरा हटाउने बताएका छन। बेलकाले घेरावेरा गरेको जमिन वराहक्षेत्रको हो भन्दै दाबि सहित प्रमाण रहेको उल्लेख गर्दै उनले भने, तत्कालीन प्रकाशपुर गाबिसका उपाध्यक्ष खेजेन्द्र मगरले त्यहा तरकारी बजार उत्घाटन गरेको ईतिहास छ । त्यहाँ स्थानियहरु राजावास स्थित सरस्वती माबिमा आएर मतअधिकार प्रयोग गर्ने उनको भनाई छ।
यता वेलका नगरपालिकाका प्रमुख का स्वकीय सचिव नुनिराम राईले घेरावेरा बेलका नगरपालिकाले नभई प्रदेश नं १ सरकारले लगाएको बताए । संबिधानमा उल्लेख खालि जमिन संरक्षण गर्नु पर्ने प्रष्ट उल्लेख भए अनुसार तीनै तहको सरकारको सहमतिमा खुल्ला जमिन संरक्षण गर्नु व्यबस्था अनुरुप जमिन घेरावेरा गरिएको उनको भनाई छ। बाहिर सार्वजनिक भए अनुसार सुनसरीको जमिन बेलकाले मिचेको भन्नेको कुरा हल्ला मात्र भएको बताउदै प्रदेश नं १ सरकारको ६० लाख बिनियोजित बजेटबाट काम भइरहेको उनले बताए ।