धरानः प्रतिवन्धित नेकपा विपल्व समूहका सुनसरी जिल्ला ईन्चार्ज रोशन राईलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १को क्षेत्रीय अनुसन्धान समूह आरआईटि र ईलका प्रहरी कार्यलय धरानको संयुक्त टोलिले धरान वडा नम्बर १५ को एक घरबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा मोबाईल सेट र ६ वटा सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा उनले प्रयोग गर्ने मोटरसाईकल धरान १५ स्थित रामहंसमार्गमा पार्किङ गरेर राखेको मोटरसाईकल बिहिबार बिहान तलासी गर्ने क्रममा प्रहरीले सिट मुनि प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा १ थान पोस्तोको नाल १ थान म्यागेजिनमा लोड भएको ३ राउण्ड गोली बरामद गरेको इप्रका धरानले जनाएको छ । भइरहेको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बाहादुर बस्नेतले बताए ।
सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्धामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान कार्य भइरहेको इप्रका धरानका डिएसपी बस्नेतले जानकारी दिए ।