इटहरीः सरकारले सम्पुर्ण कर असार मसान्त भित्रमा तिरिसक्नु भन्ने निर्देशन दिएपछि इटहरी यातायात ब्यबस्था कार्यालयमा सर्वसाधरणको अत्याधिक भिड लागेको छ । सरकारले २५ जना भन्दा माथि भेला नहुने, भेला हुदाँ सामाजिक दुरी कायम गर्नु भने पनि उक्त नियमको कुनै प्रबाह नै नगरि आफ्नो सवारीको कर तिर्न सर्वसाधरण जोखिम मोलेर लाइनमा उभिएका छन् ।

कार्यालय विहान आठ बजे खुल्ने भनिएपनि सवारी धनी बिहान ६ बजे देखि लाइनमा बसिरहेका छन् । सो कार्यालय भवनको पछाडि पट्टिबाट साघुँरो पेटिमा उभाएर जोखिम मोल्दै कर तिर्नु गरेको इटहरीका मोटरसाइकल धनी मणिन्द्र भट्टराईले दुखेसो गरे । सरकारले करको ताकेता गर्ने तर कार्यालयमा कर तिर्न आउँदा पर्याप्त कर्मचारी नहुदाँ सर्वसाधरणले सास्ती खेप्नु परेको उनको भनाई छ ।

IMG_20200626_072913

यता यस विषयमा यातायात कार्यालय मोटरसाइकल फाटँ प्रमुख श्याम बहादुर लिम्बुले जनता आफ्नो कारणले दुःख पाएको बताए । उनले भने ‘सरकारले असार मसान्त सम्म कर तिर्न भनेको हो तर सवारीसाधनका लागि त्यो नियम लागू नहुने बताए ।’ उनका अनुसार सरकारले लकडाउन हटाएको दुई महिना सम्म कर तिर्दा कुनै जरीवाना नलाग्ने प्रष्ट पारे । बिहान ८ बजे देखि १ बजे सम्म मोटरसाइकलको र १ बजे देखि साझँ ६ बजे सम्म अन्य सावारी साधनको कर तिर्न सकिने फाटँ प्रमुख लिम्बुको भनाई छ ।

IMG_20200626_071855

सर्वसाधारणको यत्रो चाप हुदाँ काम किन ढिलो भईरहेको छ ? भन्ने प्रश्नमा लिम्बुले भने “यस कार्यालयमा कार्यारत केही पुराना साथीहरु निलम्बनमा पर्नु भयो, अहिले नयाँ कर्मचारी आएर काम गरिरहेको अबस्थामा केही ढिला भएको छ । दुई चार दिनपछि छिटो छरितो सेवा दिने तयारीमा छौं । ”

कार्यालयले बिहानको समयमा दैनिक १५० ओटा टोकन बाडीरहेको छ , जस अनुसार एक टोकनले २ वटा सवारी साधनको सबै काम गर्न पाउने छ । यस्तै दिउँसोको समयमा सबै सवारीसाधनका लागि सोही बमोजिम नै टोकन आधारमा काम भईरहेको छ । यसले गर्दा दैनिक ५०० सय सवारीसाधनको काम हुने कार्यालयको भनाई छ ।

IMG_20200626_071456