धरानः प्रदेश १ का संसाद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव एवं कांग्रेसका क्षेत्रीय सदस्य नेता धरान निवासी प्रताप भट्टराईले आज बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।
धरान १४ नारायणपुरस्थित आफ्नै घरमा आज बिहान उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेपाली कग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार २८ बर्षीय मृतक भट्टराई आफ्नो घरको कोठाको पंखामा झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन् । भट्टराईले पंखामा पहेलो कच्छडको सहायतमा बाँधेर झुण्डिएको श्यामले बताए ।
भट्टराईले यस्तो निर्णय कसरी गरे भन्ने कुराले आफुलाई समेत सताएको उनले बताए । उनि अरुलाई सम्झाउँदै हिड्ने युवा नेता हुन् । मृतक भट्टराईको श्रीमति र छोरी केही समय अगाडी माइत गएका थिए । उनि घरमा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको खुलेको थियो । उनले के कति कारणले आत्महत्या नै रोजे भन्ने बिषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि हिजो मात्रै धरानको छाताचोक नजिकै कोठामा झुण्डिएर एक युवतीले आत्महत्या गरेकी थिइन् । वडा नं २ मा डेरामा बुबा आमासँग रहदै आएकी २० बर्षीय रुपल चौधरीले कोठामा सलले पासो लगाएर आत्महत्या गरेकी थिइन् ।मृतक पब्लिक हाईस्कुलमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् । प्रहरीका अनुसार धरानमा केही दिन यताबाट आत्महत्याका घटना बढीरहेको छ ।