विराटनगर: विराटनगर–१० पिपलचौकमा रोकी राखेको ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो ।
विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो ।

केही समय अघि मात्रै कम्पनीले उक्त सडकको निमार्ण सकेको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको टिपर चालक टेकबहादुर बोहराले बताए । अनुसार केहिबेरका लागि रोकिएको टिपर एकाएक सडकमा भासिएको हो ।
निर्माण कम्पनि आषिश निर्माण सेवाका साईड इन्जिनियर मदन भट्टराइले के कारणले भासियो भन्ने कुरा निरीक्षण गरेपछि मात्रै भन्न सकिने बताएका छन् । निर्माण सामाग्री बोकेर आएको टिपरको सडकको केन्द्रभागतर्फको पछाडीको चक्का भासिएपछि स्थानीय समेत त्रसित बनेका थिए ।

निर्माणमा चरम लापरवाही गरिएका कारणका टिपर भासिएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।