इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ५ निवासी जीवन खनाल धरानको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । जग्गाको कारोबार गर्ने उनि घरबाट मालपोत धरानमा काम छ भनेर हिडेका थिए । उनले के कति कारणले त्यसरी होटलमा झुण्डिएर आत्महत्या गरे भन्ने कुराको पुष्टि भई नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । धरान प्रहरी घटनास्थल पुगिसकेको र परिवारका सदस्यहरु पनि सो स्थान गईसकेको प्रहरीले जनाएको छ ।

105532109_268900940870989_2772438850299086912_n222

उनि सोमबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडीको यति होटल गएर बसेका थिए । उनले अस्पताल र मालपोतमा काम छ भन्दै  सो होटलको कोठा नम्बर १० मा बुक गरि बसेको प्रहरीले बताएको छ । उनले होटलमा आफ्नो वास्तबिक नाम लुकाई नविन खनाल लेखाएका थिए । उनले किन आफ्नो वास्तबिक नाम होटलमा कोठा बुक गर्दा लेखाएनन ? र, होटल संचालकले कोठा बुक गर्दा उनको परिचय पत्र किन खोजी गरेन ? र, उनि धरान गएर त्यो पनि होटल बुक गरि कोठामा झुण्डिए ? लगायतका धेरै प्रश्नहरु यो घटनाले जन्माई दिएको छ ।