धरानः धरानमा पछिल्लो समय दैनिक जस्तो आत्महत्या गर्नेको संख्या बढिरहेको छ । लकडाउन सुरु भए यता मात्रै २२ जनाले आत्महत्या गरेका छन । आत्महत्या धेरैले झुण्डिएर गरेका छन भने ६ जनाले विष सेवन गरेका छन । आत्महत्या गर्नेहरुमा १६ जना १५ देखी ५० वर्ष उमेर समुहका रहेका छन भने अन्य ५० वर्ष माथिका रहेका छन ।

आत्महत्या गर्ने कारणहरुमा पारिवारिक झै–झगडाले, दिर्घरोगी र अन्य रहेको इलका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन । आत्महत्या गर्ने १६ जना पुरुष र अन्य महिला रहेका थिए । आत्महत्या गर्नेहरु बेरोजगार ६, गृहणी ४, मजदुर ५, विद्यार्थी २,व्यवसायी १ र सामान्य ४ जना रहेका थिए ।

आज इटहरीका एक जनाले पनि धरानमा आत्महत्या गरेपछि २२ जना पुगेको छ । आत्महत्या किन वढिरहेको भन्ने कुरा धेरैलाई थाहा छैन । यस विषयमा अध्ययन हुन आवश्यक देखिएको छ । आत्महत्या गर्ने मध्ये केहि लकडाउनमा एक्लोपनाका कारणले पनि हुन सक्ने डिएसपी बस्नेतले  वताएका छन ।