इटहरीः एक बर्षअघि श्रीमतीको हत्या गरि फरार भएका सुनसरीको हरिनगर गाँउपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका – १ की ४३ वर्षिय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई पक्राउ गरेको हो ।
९ असार २०७६ मा रसिदाको हत्या भएको थियो । भोलीपल्ट विहान शव गाडिएको थियो । तर शव गाडेको केही समय पछि सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शब उत्खनन गरी अनुसन्धान सुरु गरेको थियो । उनका श्रीमान भने सोही दिनबाट फरार भएका थिए । फरार स्तुललाई बुधबार आफै जिल्ला अदालत सुनसरी हाजिर भएका थिए । सोही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हरिनगर गाउँपालिका– १ गौतमपुरमा रसिदाको मृत्यु भएको जानकारी पाएपछि भेला भएका स्थानीयले भालिपल्ट बिहान मुस्लिम धर्म परम्परा अनुसार दहा–संस्कार गरे । उनका श्रीमान भने ९ असारमा नै फरार थिए ।
दहासंस्कारपछि प्रहरीमा कालगतिले नभई हत्या भएको सूचना पुग्यो । प्रहरी पुग्दा शव गाडीसकेका थिए । गाडिएको शव उत्खनन गरी पोष्टमार्टम गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर प्रहरीले अनुसन्धान सुरु गर्याे ।
घटना लगतै खातुनका श्रीमान् स्तुर भन्ने स्तुल मियाँ घरबाट भागेका थिए । फरार भएको कारण आवश्यक अनुसन्धानको लागि प्रहरी प्रतिवेदन अनुसार स्तुर भन्ने स्तुल मियाँको नाममा सुनसरी जिल्ला अदालत इनरुवाबाट ३ चैत २०७६ मा पक्राउ पुर्जी जारी भएको थियो । एक वर्षयता फरार भएका मीयाँ बुधबार आफै उपस्थीत भएपछि मुलुकी फौजदारी कार्यविधी(संहिता) २०७४ बमोजिम दशको म्याद थप गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।