इटहरी: जनता समाजवादी पार्टी इटहरी उपमहानगर समिति द्धारा इटहरी उपमहागरपालिकालाई ध्याकर्षण पत्र पेश गरेको छ ।
पालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रमको समिक्षा गर्दै जसपा पार्टी इटहरीले ध्यानाकर्षण पत्र पेस गरेको हो ।

उक्त पत्रमा इटहरी विकास प्राधिकरण गठन गरी एकिकृत विकास योजना लागू गर्नु पर्ने । थारु भाषालाई इटहरी उपमहानगरपालिकामा प्रशासनिक कामकाजको दोश्रो प्राथमिकताको भाषामा शुरुवात गरिनु पर्ने । विभिन्न समुदाय, जाति, धर्मका धार्मिक स्थल, मठमन्दिरलाई सम्बन्धित समुदायको स्वामित्वमा रहनु गर्ने ।
त्यस्तै विपन्न बर्गका नागरिकलाई पनि स्वास्थ्य बिमा गर्न नगरपालिकाबाट नै पहल गरिनु गर्ने जस्ता महत्वपुर्ण विषयलाई २८ बुदाँमा समेटि सो ध्यानाकर्षण पत्र बुझाईएको अध्यक्ष डिल्ली सुब्बाले बताए ।

यस्तै नगरलाई पर्यटकीय क्षेत्र बनाउन समुदायमा होमस्टे, फरक फरक स्थानमा जातिगत संग्रालय, रात्री बजार,चारकोशे झाडीमा जंगल सफारी सञ्चालन गर्न उक्त पार्टीले आग्रह गरेको छ ।

samaj badi 1 samaj badi 2