इटहरीः हिजो साँझ प्रहरीले इटहरी ९ बुढीखोला छेउमा संचालित रिभर साइड रिर्सोटमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ । युवती राखी यौन व्यवसाय सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले सो रिर्सोटमा छापा मारेको हो ।

शुक्रवार साँझ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले रिर्साेटमा छापा मारेको थियो । छापा मार्ने क्रममा शङ्कास्पद अवस्थामा रहेका छ जना पुरुष र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको विषयमा अनुसन्धान भइरहेको इटहरीका डिएसपी धर्मराज भण्डारीले बताएका छन् । ‘रिर्साेट भित्र यौनजन्य गतिविधि भएको सूचनाको आधारमा हामीले छापा मारेका हौ’ उनले भने ‘केही व्यक्ति प्रहरी नियन्त्रणमा छन्,अनुसन्धान भइरहेको छ’ ।

नियन्त्रणमा लिइएको एक युवती भने होटेलको काउन्टरमा बस्ने बताइएको छ । होटेल सञ्चालक भने फरार छन् ।उनको खोजी भइरहेको जनाइएको छ । नियन्त्रणमा लिइएका पुरुषहरू कोही बेलबारी, झुम्का, इनरुवा ठेगाना भएकाहरु रहेको प्रहरीले जनाएको छ ।