इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ पाचौंसिमरबाट लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा देवानगन्ज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् ।
कप्तानगञ्जबाट खटिएको प्रहरी गस्ती टोलिले सरदार भारततर्फ लैजादै गरेको को २ ह ६५३७ नम्वरको टेम्पो रोकी चेक गर्दा टेम्पो भित्र प्लाष्टिकले वेरी युरिया मल राख्ने प्लाष्टिकको बोरा भित्र तयारी अवैध लागु औषध १८ केजी गाँजा फेला परेको हो ।

पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ७ को म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।