इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यापालिकाले पत्रकार तथा संचार क्षेत्रको सुरक्षाका लागि आम संचार परिषद गठन गर्ने नीति लिने भएको छ । आमागी आर्थिक बर्ष २०७७÷७८ वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरी यस्तो नीति लिने भएको हो ।
पत्रकार क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्दै आएका पत्रकारको सहभागिता परिषद गठन गरी कार्यान्वयन गरिने इटहरी उपमहानरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
उक्त परिषद गठन गरेपछि संचार क्षेत्रमा काम गर्ने पत्रकारका लागि लेखन वृति, क्षमता अभिवृद्धि, पत्रकार क्षेत्रमा उल्लेखीय भूमिका निर्वाह गर्ने ब्यक्तिलाई सम्मान सहित पुरस्कृत गरिने नीति पालिकाले लिएको हो ।
यस्तै संचारका क्षेत्रमा हाल सञ्चालनमा रहेका कार्यक्रमलाई थप ब्यबस्थित गर्नका लागि पालिकाले २५ लाख रकम समेत छुट्याएको छ । इटहरीका क्रियाशिल अग्रज पत्रकार अर्जुन शर्माले इटहरीका मिडियाको सूचिकरण गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका छन् ।