इटहरी :सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्ण गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।
त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् ।
उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
यातायात व्यवसायीले साबिक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।