इटहरीः इटहरी उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले सौर्य बत्ती जडानमा चरम अनियमितता गरेका छन् । चौधरीले इटहरी १२ खनारमा १३ लाखको बजेटमा १२ वटा सौर्य उर्जाको बत्तीको शिर्षकमा चरम अनियमितता गरि आफुँ खुसी जहाँ पायो त्यहि जडान गरेका हुन् ।

उनले आफ्नो जग्गा आसपास दुई वटा सोलार बत्ती जोडेका छन्, जहाँ पहिले देखि नै विजुली बत्ती बल्दै आएका छन् । जहाँ वातावरण शाखाका प्रमुख चौधरीको करिब डेढ कठ्ठा घडेरी रहेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । स्थानीय उज्वल पोख्ररेलका अनुसार बत्ती राख्ने ठाउँमा एक पटक स्थानीयलाई सोधेर उपयुक्त ठाउँमा राख्नु पर्ने बताउँछन् ।
उनले स्थानीय विजय कर्णलाई उपभोक्ता समितिको अध्यक्ष बनाई एक हप्ता अघि काम सम्पन्न गरेका थिए ।


चौधरीले २५ मिटरको फरकमा सोलार बत्ती जडान गरेका छन् । सो स्थानमा बिजुली बत्ती पहिले नै जडान गरिएको छ । चौधरीले वडा कार्यालयको सिफारिस वडा अध्यक्ष हेमानन्द दाहाललाई बनाउन लगाएर सो कामको स्वीकृति गराई १३ लाखको रकम बाट उनले सो काम गराएका हुन् ।

bijaya
उपभोक्ता समितिका अध्यक्ष विजय कर्णको जग्गामा लगाइएको बत्ती

उनले सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष कर्णको जग्गामा एउटा सोलार बत्ती समेत जोडिदिएका छन् । सो जग्गामा पुग्ने बाटोबाट अन्त कतै जान सडक खोलिएको छैन सो बत्तीबाट सेवा पाउने आसपासमा स्थानीयको घर पनि छैन ।

बत्ती उपभोग गर्ने तत्कालमा देखिएको भनेको उपभोक्ता समितिका अध्यक्षको जग्गा हो । जहाँसम्म पुग्ने हिलाम्मे बाटो छ तर सो बाटो त्यहि जग्गामा टुङ्गिएको छ ।

यस्तै अन्य तिन वटा सौर्य बत्ती वडा सदस्य रम्भु शाहको घर जाने बाटोमा जडान गरिएको छ । 

मुख्य राजमार्गबाट भित्र पस्ने सनसाईन बोडिङ विद्यालय छेउमा एउटा सौर्य बत्ती जडान गरिएको छ । जहाँ सौर्य बत्ती जडान हुनु पुर्व एकै पोलमा दुई वटा विजुलीका बत्ती जडान गरिएको छ । फेरी सोही ठाउँमा सौर्य उर्जाको सोलार बत्ती पनि जडान गरिएको छ । सो स्थानबाट वडा सदस्यको घरको दुरी करिब ५ मिटर मात्रै छ ।

rambhu
वडा सदस्य तथा उपभोक्ता समिति रम्भु शर्माको घर छेउमा लगाइएको बत्ती

यसले गर्दा चौधरीको सौर्य बत्ती जडान गर्नुको उद्देश्य थाहा हन्छ कि उनले स्थानीयलाई हेरेर सेवा दिनुको सट्टा राजनितिक पार्टी, आफ्ना नजिकका साथीभाईको उद्धार साथै आफ्नो जग्गालाई प्रोमोट गरिरहेको प्रष्ट थाहा हुन्छ ।

यता वडा सदस्य रम्भु साहले केही समय अगाडी केही स्थानीयले बिरोध गरेको बताए । उनले केही त्रुटि भएको छ, वडा कार्यालबाट गर्न सकिने बताए ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष कर्ण आफुले केही स्वार्थका लागि जडान नगरेको बताउँदै आफुलाई सो विवादमा नतान्न आग्रह गर्छन् । उनी भन्छन् ‘हामीले २५÷२५ मिटरको फरकमा राखेर निमार्ण गरेका छौं, कुनै पुर्वाग्रह छैन ।’ २५÷२५ मिटरको फरकमा हुने प्रावधान भए किन सनसाईन बोर्डिङ जाने बाटोको १ सय ६७ मिटरको सडकमा ३ वटा मात्रै बत्ती हालियो ? भन्ने प्रश्नमा उत्तर नदिई यस कुरामा भेटेर कुरा गर्ने उनको भनाई छ ।

इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख चौधरीले भने आफुँले ८ वटा सौर्य बत्ती जडान गरेको बाटो नमुना बनाउन लागि परेको बताउँदै जडान गरेको बताए । उनले भने ‘यो वर्ष बजेट खर्च नभएर फ्रिज हुन लागेको बजेटको सदुपयोग गरेको हुँ ।’ केही कुनै हानी नोक्सानी हुने काम नगरेको बताए ।

गुद्री बजारमा स्थानीयलाई सास्ती भएको हजुरलाई प्रष्ट थाहा होला किन त्यहाँ जडान गर्न सक्नु भएन ? भन्ने प्रश्नमा ‘अहिले बजेट सकि हाल्नु पर्ने भएकाले त्यस ठाउँमा जडानका लागि वडा अध्यक्षलाई अहिले नै जानकारी गराएर निवेदन पेस गर्न भन्ने बताउँदै सो स्थानमा पनि सौर्य उर्जा जडान गर्ने उनको तर्क छ ।’

इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमले बजेटको ब्यस्तताले केही योजना अनुगमन गर्न नपाएको बताउँदै तत्काल सो योजनाको अनुगमन गर्ने बताईन् ।