इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले इटहरी १० का एक अपाङ्ग ब्यक्तिलाई ह्युइल चियर सहित खाद्यान्न सहयोग गरेको छ । स्मार्ट सिटिले सोमबार एक कार्यक्रम गरि इटहरी १० का जीवन लिम्बुलाई घर मै पुगेर सहयोग गरेको हो ।

लायन्स क्लबकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सन् २०२०÷२१ एजिओ संस्थापक अध्यक्ष राजेन्द्र केसरी घिमिरे रहेका थिए । यस्तै विशिष्ट अतिथि जोन चियर पर्सन निर्मला चौधरी रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले संस्थाले एउटा अपाङ्ग ब्यक्तिको पिडालाई बुझेर ह्युइल चियर सहयोग गर्नू आफैंमा खुसीको कुरा रहेको बताए । यस्तै क्लबकी अध्यक्ष बरालले संस्थाले लगातार रुपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउँदै जुलाई १ देखि जुलाई १४ सम्म १३ वटा कार्यक्रम गरेको बताईन् ।

उक्त कार्यक्रममा जिल्ला चियर पर्सन क्लबका आईआईपी नेल्सन ढकाल, ग्रिनसिटिका प्रथम भिपि अजय अधिकारी, क्लबका पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो ।

smart city foto 1