इटहरीः इटहरी उपमहानगरपालिकाका लेखापाल विकास पोख्रेललाई सेवाग्राहीसंग घुस लिदाँ लिदै अख्तियारको टोलीले केही बेर अघि उनको घर छेउबाटै पक्राउ गरेको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले ६५ हजार घुस रकम सहित उनको घर छेउको समिप होटलबाट रंगेहात पक्राउ गरेको हो । मोटरसाईकलमा आएका उनले मोटरसाईलकको चाँबी मोटरसाईकलमै छाडि पैसा लिएर तत्कालै हिड्न खोजेका थिए । तर उनका वरिपरि अख्तियारकै कर्मचारी रहेकाले उनलाई तत्काल पक्राउ गरिएको थियो । अहिले प्रहरी र अख्तियारको टोलीले प्रकृति मुचुल्का बनाउने कार्य गरिरहेको छ । केही बेरपछि अख्तियारले घुस सहित रंगेहात पक्राउ परेका पोख्रेललाई सर्वाजनिक गरि थप विवरण उपलब्ध गराउँदैछ ।
इटहरी उपमहानगरमा सरुवा भई आएपछि उनले खुलेआम रुपमै सेवाग्राहीसंग घुस माग्ने गरेका थिए । उनीबाट धेरै सेवाग्राहीहरु आजित भएका थिए । उनले सेवाग्राहीसंय घुस माग्ने गरेको सूचना इटहरी उपमहानगरका मेयर र उपमेयरलाई पनि पटक पटक सूचना पुगेको थियो । इटहरी ६ का स्थानीय बासिन्दा उनले पछिल्लो समय आफ्ना दुई दाजुको पावर आफु इटहरी उपमहानगरमा आएको धक्कु लगाएर कतिपय सेवाग्राहीसंग कार्यालयमै सिँधै घुस माग्दै आएका थिए । उनले दाजुहरुको आडमा सहनै नसक्ने गरि घुस माग्ने थालेको उनिबाट सताइएका सेवाग्राहीहरुको भनाई छ । यतिसम्म की उनले बिभिन्न संचारमाध्यमहरुलाई विज्ञापन उपलब्ध गराए वापत राम्रो कमिशन समेत लिँदै आएका थिए । घुस विना कुनै बीलको भुक्तानी अगाडी बढाउन आनकानी गर्ने उनले इटहरी उपमहानगरपालिका भित्रको धेरै आर्थिक कारोबारमा राम्रो रकम लिदै आएको सेवाग्राहीहरुको भनाई छ ।