इटहरी :नेपाल प्रहरीले झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका ४ सघाराचोकबाट २० लाख ८७ हजार ५०० मूल्य बराबरको अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको गस्ति टोलीले ज १ त ७८६९, ज १त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बरको ट्याक्टरमा गौरव सोफि नामक मदिरा एक हजार कार्टुन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्याक्टर मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएको छ।