भद्रपुरः केही दिनदेखि बेपत्ता तीन जना बालक भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा आज बिहान मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय १० वर्षीय अंकुश तामाङ, १४ वर्षका करण थामी र उनका भाइ ११ वर्षका अर्जुन थामी रहेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले बताए ।
थापाका अनुसार मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।
प्रहरीका अनुसार खोजी तथा उद्दारमा १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो । थप कानूनी प्रक्रिया सुरु गरिएको डीएसपी थापाले बताए । तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएको प्रहरीले जनाएको छ ।