धनकुटा :प्रदेश १ सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरसबाट समस्या परेको भन्दै धनकुटाका किसानलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ ।
कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो ।

प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो ।

यस्तै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत कुखुरापालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुर पालन गरि ६ कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो ।
जसमा कृषि ज्ञान केन्द्र धनकुटा मार्फत ६१ लाख ५४ हजार ९ सय ३१ रुपैया तथा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत ९२ लाख १६ हजार ५ सय १३ रुपैयाँ राहत वितरण गरेको छ ।