इटहरी :सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ । इटहरीलाई लकडाउन गर्ने, नगर्ने बैठकले निर्णय गर्ने उपमेयर गौतमले बताईन् । 

दिनप्रतिदिन समुदायमा कोरोना संक्रमण देखिन थालेपछि इटहरीलाई लकडाउन घोषणा गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । इटहरीमा पनि पछिल्लो घटनालाई हेर्दा समुदायमा नै कोरोना देखियो इटहरी भित्र लकडाउन गरी स्वाव परीक्षढा गर्नुपर्ने इटहरी अस्पताल इमरजेन्सी शाखा प्रमुख डाक्टर राम कुमार धमलाले सुझाव दिएका हुन् ।
थप विवरण केही बेरमा