संखुवासभाः छोराको उपचार गर्ने उपाय नदेखेकाले चैनपुर नगरपालिका ११ मा ५० बर्षका पुरुषले गत श्रावण ७ गते आत्महत्या गरे । बिरामी छोराको उपचार गर्ने खर्च नहुँदा छरछिमेकी, आफन्त सबैसँग उनले हारगुहार गरे । आफ्ना नाममा जायजेथा केही नभएकाले खर्च जुटाउन उनि असफल भए । उनले बिरामी छोराको पीडा हेर्न सकेनन् । र निराश भएर आत्महत्याको बाटो रोजे ।
मादी नगरपालिका वडा ७ मा गत २० गते २१ बर्षकी महिलाले आत्महत्या गरेको १० दिन पछि उनको २३ बर्षका श्रीमानले पनि आत्महत्या गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनिहरुले आत्महत्याको बाटो रोजेका हुन । श्रीमानले मदिरा सेवन गरेर घर आउने र घरमा झगडा हुने गरेको उनका छिमेकी टंक दाहालले बताएका छन् ।
संखुवासभामा गएको श्रावणदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीसंग रेकर्ड छ । यो श्रावण महिनामा पनि १ जनाले आत्महत्या गरिसकेका छन् । प्रहरीका अनुसार पछिल्लो समय संखुवासभामा आत्महत्या गर्नेहरुको संख्यामा वृृद्धि भईरहेको छ । किन मानिस आत्महत्या गर्न तत्पर हुन्छ ? आर्थिक कलह, पारिवारीक जटिलता जस्ता थुप्रै कारणले आत्महत्या गर्न उक्साएको पाईन्छ । हाम्रो समाजमा आर्थिक अभाव भएको कारण आत्महत्याको बाटो रोज्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । पुँजीवाद संस्कारमा हुर्केको हाम्रो समाजमा अधिकांस आत्महत्या गरिबीकै कारणबाट भएको पाइएको छ ।
आत्महत्याको संख्यामा वृद्धि भईरहे तापनि विभिन्न तहबाट हुने गरिबि निवारणका कार्यक्रम लक्षित समुदायसम्म पुगेको छैन । सरकार तथा विभिन्न संघसंस्थाबाट हुने गरिब लक्षित कार्यक्रस लक्षित समुुदाय सम्म पु¥याउन सकेको खण्डमा आर्थिक अभावले हुने आत्महत्याको संख्यामा न्युनिकरण गर्न सहज हुने थियो ।