इटहरीः  कोरोना संक्रमितहरुको संख्या प्रतिदिन थपिदै गएपछि जिल्ला सुरक्षा समिति सप्तरीले आजबाट जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताए। उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरसहित जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवारस्थलहरूमा अनावश्यक आवतजावत, हिँडडुल नगर्न, नगराउन जारी गरिएको निषेधाज्ञा भनिएको छ।