इटहरी: मोरङको सुन्दरहरैचा नगरपालिकाले पुनः लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार कार्यपालिकाको बैठकले ९ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

२२ गते बिहीबारदेखि लागू हुने गरी होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात बन्द हुने भएका हुन् ।

त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको नगरप्रमुखको निजी सचिवालयका निरज न्यौपानेले बताए । अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने बताइएको छ ।

लकडाउन साउन ३० गते शुक्रबारसम्म हुने निर्णय भएको न्यौपानेले बताए ।