धनकुटा :मध्यपहाडी लोकमार्ग अन्तरगत हिले– लेगुवा सडक तिन बर्ष भित्र कालोपत्र गर्न २०७२ सालमा दुइ ठेकेदार कम्पनीले जिम्मा लिएका थिए । तर त्यो समय बितेर थप गरिएको म्याद सकिन लाग्दा समेत ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । फल स्बरुप यात्रुहरु हिलाम्मे सडकमा यात्रा गर्न मात्र बाध्य छैनन् । बिरामी बिच बाटोमै अलपत्र पर्ने गरेका छन् । त्यस्तै हिले पाख्रिवास बिचको करीब पाँच किलो मिटर पार गर्न मालबाहक सबारी साधनलाइ एक दिन सम्म लाग्ने गरेको छ ।

मध्यपहाडि लोकमार्ग अन्तरगत हिलेदेखि पाख्रिबास हुँदै पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंघा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको थियो । सम्झौता अनुसार २०७५ साल चैत मसान्तभित्र सडकमा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, सो समयमा काम नगरेपछि सरकारले सम्झौता अवधी बढाएर २०७७ पुस पुर्याएको छ ।

तर सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दा समेत निर्माणको काम सुरु हुन सकेको छैन । सो सडकको चौडा फराकिलो पार्ने काम मात्रै गरेर कन्स्ट्रक्सनले अलपत्र छाडेपछि अविरल वर्षाको कारण सडक खण्ड पूर्ण रुपमा क्षती भई दैनिक उपभोग्य सामाग्री दुवानी गर्न र मानिसहरु आवतजावत गर्न कठिनाई मात्र भएको छैन । सडकमै बिरामीको बिचल्ली सम्म हुने गरेको पाख्रिबास नगरपालिका मेयर बिर्ख बहादुर राईले बताए ।

त्यसो त पानी परेर सडक हिलाम्य भएको अबस्थामा हिले देखि पाख्रिबास सम्मको मात्र पाच किलोमिटर सडक पार गर्न मालबाहक सवारीसाधनलाई एक दिननै लाग्ने गरेको यातायात चालक सुमन तामाङ्गको भनाइ छ । बिहान पाख्रिबास बाट हिडेको गाडी ५÷६ ठाँउ फस्छ, जसलाइ निकाल्दा दिन बित्ने गरेको छ । फसेका सवारीसाधन निकाल्न पाख्रिबास नगरपालिकाको स्काभेटरले सहयोग गर्ने गरेको छ ।

करिब ३८ करोड २३ लाख रुपैयाको लगानीमा सडक निर्माणको ठेक्का लिएको कञ्चनजंघा कन्स्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानहरुमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । यो अबधिमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । तर हाल सम्म रकम भने २८ करोड २८ लाख रुपैया भन्दा बढि रकम निकासा भइसकेको छ । समयमै काम सक्न ठेकेदार कम्पनीलाइ पटक पटक जानकारी गराए पनि काम नगरेको धनकुटाका संघिय सभा सदश्य राजेन्द्र राईले बताए ।
यो सडक धनकुटा मात्र नभइ संखुवासभा तथा भोजपुर पुग्ने एक मात्र सडक हो । सडक अलपत्र हुदा बर्खाको समयमा आबतजाबत गर्न तथा उपाचारको लागि बिरामी अस्पताल सम्म पुर्याउन निक्कै सास्ती खेप्नुपर्ने अबस्था छ । यस्तोमा सरोकारबाला निकायले यो सडक निर्माण प्रति चासो दिन आबश्यक छ ।