इटहरी: सुनसरीको इटहरी रगंशालामा १ सय बेडको आईसोलेशन वार्डको काम आजबाट शुरु भएको छ । उक्त वार्ड करिब १० दिन भित्रमा काम सम्पन्न भई सञ्चालनमा आउने छ ।
विहिबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल तथा सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले सुनसरीका विभिन्न ३ स्थानमा आईसोलशन वार्ड बनाउने निर्णय गरेको थियो ।

इटहरी, इनरुवा,दुहबी तथा अन्य आसपासका पालिकामा दिनप्रतिदिन समुदायमा कोरोना बढ्दै गएपछि कोरोना संक्रमित राख्न मिल्ने गरी आइसोलेशन बेड बनाउन लागिएको इटहरीका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

आईसोलेशन बेड बनाउन इटहरी लगायत आसपासका पालिकाको ३÷३ लाख साथै प्रदेश सरकारको लगानीमा बन्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
इटहरी रगंशाला, दुहबीको अरुण वनस्पति उघोगमा ५० र रमपम उघोग अगाडीको खाली गोदाममा १५० जना अट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने समेत निर्णय भएको छ ।
संक्रमण दिनानुदिन बढ्दै गए अन्य ठाउँमा पनि आईसोलेसन बेड बनाउन सकिने प्र.जि.अ. पोखरेलको भनाई छ ।

जसमा छुटाछुटै शौचालय, बाथरुम र सुत्नको लागी बेडको व्यवस्थापन गरिने छ ।